गजल - Harka Bohara

नयाँ

Saturday, July 4, 2026

गजल



लगाउँदिन अब माया, सबै जन्जाल रहेछ ।

विश्वासको नाममा केवल बबाल रहेछ।


हात समातेर बिच बाटोमै छोड्ने तिमी,
मुस्कानभित्र लुकेको तिम्रो  चाल रहेछ।


मन टाढा भएर पनि नजिकिने तिम्रो बानी,
मसँगका गरेका वाचाभित्र अर्को जाल रहेछ।


अर्कै मुटु खोज्दै मलाई साथ बनायौ,
मेरो प्रेम त किनारामा टुट्ने छाल रहेछ।


तस्बिर देखाइ दुनियाँलाई हँसाउने तिमी,
ऐना हेर्दा आफ्नै जीवन बेहाल रहेछ। 

२०८३ असार २१ गते आइतबार ( बिदा ) 
स्थान : धनगढी, ५ शिवनगर ( आफ्नै आवास ) 

No comments:

Post a Comment