गजल - Harka Bohara

नयाँ

Sunday, August 30, 2026

गजल

 


मुटुभरि पीडाको अथाह सागर छ ।

खै किन नेपालमाथि दैवको प्रहार छ।।

कति आमाका काख आज रित्तिएका छन्,
कति बाबुको आँखामा आँसुको धार छ।।

हाँसिरहने सुन्दर बस्ती खण्डहर भएको छ, 
हरेक आँगनभित्र मृत्युको चित्कार छ।।

फर्केर आउँदैनन् माटोमा विलीन भएकाहरू,
तिनकै सम्झनामा आँखाभरि तस्बिर हजार छ।।


 यो पीडा कुनै एक घरको कथा होइन,
 सिङ्गो राष्ट्रको मुटुमा गहिरो दरार छ।।

आँसु मात्र बगाएर घाउ कहाँ निको हुन्छ र ?
अब दुःखमा उभिनु नै मानवताको पुकार छ।।


टुटेका मन जोडौँ, उजाडिएका घर सम्हालौँ,
विपत्तिभित्र पनि आशाको उज्यालो अपार छ।।


रचना मिति : २०८३ भाद्र १४ गते आइतबार ( सरकारी विदा ) 
स्थान : धनगढी - ५ शिवनगर,  कैलाली 
सन्दर्भ: रसुवा बाढी 

1 comment: