प्रेमका साथ पुस्तक समाऊ (कविता) - Harka Bohara

नयाँ

Wednesday, September 4, 2024

प्रेमका साथ पुस्तक समाऊ (कविता)

जीवन हो पुस्तक जसले

उदर टम्म भराउँछ

 नपढेको अनुभव दिलाउँछ

नगरेको यात्रा गराउँछ

नसुनेको कथा सुनाउँछ

सिप सिकाउँछ, कला सिकाउँछ

सफल, सार्थक र असल भविष्य बनाउँछ

त्यो मन अनि यो मनमा प्रेम उमार्छ

त्यसैले पुस्तकालय जाऊ

प्रेमका साथ पुस्तक समाऊ ।

 

मन्दिर अनि मस्जिद

चर्च अनि गुम्बा

गुरुद्वारा हो पुस्तकालय

तेत्तीस कोटी देव रुपी पुस्तकहरू

 पूजापाठ गराउँछन् ,भक्त बनाउँछन्

संस्कार पढाउँछन् इमान्दार बनाउँछन्

 त्यसैले  पुस्तकालय जाऊ

प्रेमका साथ पुस्तक समाऊ ।

 

मन बुद्धिको, बुद्धि ज्ञानको

ज्ञान पुस्तकको अधीनमा हुन्छ

पुस्तक ज्ञानको भण्डार हो

विवेकको खानी हो

सडकदेखि सदनका

विश्वका विद्वान, विदुषी

अनि वैज्ञानिकहरूको गुरु हो पुस्तक

दृष्टिविहीनहरूको दृष्टि

अशक्तहरूको लौरो

असहायहरूको सहारा

गरी खानेहरुको आधार हो पुस्तक

त्यसैले  पुस्तकालय जाऊ

प्रेमका साथ पुस्तक समाऊ ।

 

पुस्तक विज्ञान हो, संसार हो जसले

प्रेरणा दियो, आविष्कार दियो

ब्ल्याक होल पत्ता लगायो

चन्द्रमा जान सिकायो

ग्रह उपग्रह विचरण गर्न खोज्ने भोग जगायो

प्रविधि सिकायो, औषधी बनायो

 देवकोटाहरु लिङ्कनरु, 

मस्कहरु बनायो पुस्तकले 

त्यसैले पुस्तकालय जाऊ

मेहनतका साथ पुस्तक उठाऊ ।


No comments:

Post a Comment