![]() |
| तस्बिर: पुस्तक मेला लखनऊ, भारत |
आँखाभरि तिमी, मनभित्र ज्वारी, मौन रहूँ कि ?
भन्न खोज्दा शब्दहरू नै डराए जस्तो,
मौनतामै चलेको प्रेम जुहारी, मौन रहूँ कि ?
छुन नपाएको मायाले झन् गहिरो जलायो,
नजिकिँदा टाढा हुने यो विवशता भारी, मौन रहूँ कि ?
तिमी बुझ्छौ भनी चुप लागिरहेँ धेरै,
नबुझिने पीडाको यही जिम्मेवारी, मौन रहूँ कि ?
हामीलाई दुई किनार बनायो समयले,
बिचमै बगिरह्यो सम्झनाको नदी पारी, मौन रहूँ कि ?
भेट अपराध भयो, सम्झना पनि डर,
समाजले तोकेको प्रेमको पहरेदारी, मौन रहूँ कि ?
तिम्रो नाम ओठमै अड्कियो प्यारी, मौन रहूँ कि ?
आँखाभरि तिमी, मनभित्र ज्वारी, मौन रहूँ कि ?
आँखाभरि तिमी, मनभित्र ज्वारी, मौन रहूँ कि ?
२०८२ माघ ३ गते (कीर्तिपुर, भाजङ्गल)

No comments:
Post a Comment