गजल - Harka Bohara

नयाँ

Wednesday, April 1, 2026

गजल


बिस्तारै बिस्तारै टाढिँदै जान्छौ ।

मनका गल्लीहरू रित्त्याउँदै जान्छौ।


हिजो जुन बाटोमा हात समात्थ्यौ,

आज त्यही बाटोमा छुटाउँदै जान्छौ।


आँखा बन्द गर्दा पनि तिमी नै देखिन्छौ,

खुल्दा किन फेरि ओझेल हुँदै जान्छौ ?


सपना सजाएका ती रातहरू सम्झँदा,

किन यति सजिलै बिर्सिँदै जान्छौ ?


मुटुमा रोपेको माया अझै हरियो छ,

तिमी भने किन सुकाउँदै जान्छौ ?


मौन भित्र लुकेका शब्दहरू चिच्याउँछन्,

सुन्नै नसुनी किन टाढिँदै जान्छौ ?


२०८२ चैत १८ गते बुधबार

No comments:

Post a Comment