नववर्ष
समयको केवल अर्को पाना मात्र होइन,
आत्माको उज्यालोतर्फ उन्मुख
मनभित्रको एक गहिरो र मौन घोषणा हो।
हिजोका पीडाहरू,
अब अनुभवका सुनौलो अक्षर बनेर
मनको डायरीमा सजिएका छन्
तिनले सिकाएका पाठहरूले
आजको हिम्मतमा साहस थपिएको छ।
यो वर्ष,
हामी आफैंलाई पुनः भेट्न सकौँ
भित्र कतै हराएको ज्योतिलाई आफ्नै मुटुको
ढुकढुकीमा फेरि अनुभूत गर्न सकौँ ।
हरेक बिहानीले
नयाँ सम्भावनाको गीत गाओस्,
र
प्रत्येक साँझहरूले
सन्तोषका रङहरु भरोस्
सजाउने, सृजना गर्ने, र अर्थ दिने
एक सुन्दर कला बनोस् ।
नयाँ वर्ष स्मरणीय बनाऔँ
यसलाई आफ्नै बनाऔँ,
सपना, साहस र विश्वासले भरिएको
एक सुन्दर अध्याय बनाऔँ ।
अन्धकार जतिसुकै गहिरो किन नहोस्,
भित्रको एक सानो उज्जरले
सारा आकाश नै बदल्न सक्छ,
हाम्रो अन्तर्मनको त्यही आलोक
पूर्ण रूपमा प्रस्फुटित हुने वर्ष बनोस्।
सम्पूर्ण मान्यजन र प्रियजनहरूमा,
माङ्गलिक शुभकामना ।।
२०८३ वैशाख १ गते बिहीबार
.jpg)
No comments:
Post a Comment