गजल - Harka Bohara

नयाँ

Monday, July 20, 2026

गजल


भोलि-भोलि भन्दा भन्दै,यतिका दिन टार् यौ किन 

तड्पिएको मनभित्र, प्रेमको  बोट सार् यौ किन ।


मन मुटु साटेको थे , जीवन साटु भन्दा अब, 

अस्वीकारको वचनले, ज्युँदै मलाई मार् यौ किन ।


हिजो अस्ति हुन्छ भन्ने, खायौ वाचा कसम,

आज अर्को राम्रो पाउदा,माया मेरो टार् यौ किन ।


नयनका सङ्केतले,बाटो हिँड्दा बोलाउथ्यौ, 

अनायासै यो मन भित्र,बज्रपात पार् यौ किन ।

No comments:

Post a Comment