सैनिक स्कूलको अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न - Harka Bohara

नयाँ

Sunday, July 26, 2020

सैनिक स्कूलको अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न




सैनिक आवासीय महविद्यालयमा तेघरी, कैलालीमा कक्षा ७ र ८ मा अध्ययनरत छात्र छात्राहरुका अभिभावकसँग जुम एप माध्यमबाट (भर्चुअल) अन्तरक्रिया सम्पन्न भएको छ । कोरोना कहरमा पनि नियमित सञ्चालन भइरहेको अनलाइन कक्षा अझ ब्यबस्थित र प्रभावकारी बनाई विद्यार्थीको सिकाइलाई निरन्तरता दिने विषयमा केन्द्रित उक्त अन्तरक्रियामा उपस्थित अभिभावकहरुले रचनात्मक सुझाव दिनुभएको थियो । कार्यक्रममा महाविद्यालयका सम्पर्क अधिकृत प्रमुख सेनानी निरज भण्डारी र प्रिन्सिपल अशोकराज खातीले अभिभावकहरुले राखेका जिज्ञासाको सम्बोधन गर्नुभएको थियो । माध्यमिक तह संयोजक राजेन्द्र जोशीले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

No comments:

Post a Comment