सैनिक महाविद्यालय, कैलालीको दसौँ वार्षिकोत्सव सम्पन्न - Harka Bohara

नयाँ

Friday, March 26, 2021

सैनिक महाविद्यालय, कैलालीको दसौँ वार्षिकोत्सव सम्पन्न


             सैनिक आवासीय महाविद्यालय, तेघरीकैलालीको दसौँ वार्षिकोत्सवका अवसरमा सोही विद्यालयमा विगत ६ वर्षदेखि कार्यरत बोहरालाई आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरी विद्यालयको चौतर्फी विकासमा महत्त्वपूर्ण योगदान गरेको भन्दै सम्मान गरिएको हो । करिब २ दशकदेखि शिक्षणमा क्रियाशील बोहरासँग ‘पश्चिम घटना र विचार’ राष्ट्रिय दैनिकमा प्रधान सम्पादक भई पत्रकारिता गरेको अनुभव पनि छ । प्रविधिमैत्री शिक्षक समाज, नेपालका केन्द्रीय सदस्यसमेत रहेका उनी साहित्यमा पनि कलम चलाउँछन् ।

बोहरासँगै शिक्षकद्वय लोकेन्द्र सिंह र गोविन्द रेग्मी तथा कर्मचारीतर्फ टेकराज भट्ट, राजेन्द्रप्रसाद भट्ट, निर्मला चौधरी र सिंहराज चौधरी पनि सम्मानित भएका छन् । त्यसै गरी सैनिकतर्फ दीपक खड्का सम्मानित भएका छन् । सोही अवसरमा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।

सुदूरपश्चिम पृतना हेडक्वाटरका पृतनापति तथा महाविद्यालय सञ्चालक समितिका अध्यक्ष उपरथी निर्मलकुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न सांस्कृतिक  कार्यक्रम तथा पुरस्कार वितरण गरिएको थियो । उपरथी थापाले  युगसापेक्ष शिक्षा दिई विश्व शैक्षिक  बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन  गर्ने  कार्यमा महाविद्यालय अविराम लागिरहने विश्वास व्यक्त गरे ।


महाविद्यालयका प्रिन्सिपल अशोकराज खातीले धन्यवाद ज्ञापन व्यक्त गर्दै आगामी दिनमा महाविद्यालयको अझ बढी उन्नयन र प्रगति हुने विश्वास दिलाए ।

शिक्षक केपी कलौनीको सञ्चालनमा भएको कार्यक्रममा स्वागत गर्दै महाविद्यालयका सम्पर्क अधिकृत सेनानी गोविन्द विष्टले कोरोना कहरमा पनि महाविद्यालय  पठनपाठनमा निरन्तर चलिरहेको उल्लेख  गरे ।

२०६७ चैत १० गते स्थापित विद्यालयमा हाल कक्षा ६ देखि १२ सम्म पढाइ हुँदै आएको छ ।

‌( source-https://www.antaranganews.com/)


No comments:

Post a Comment