मृत्युको सिजन ( कविता) - Harka Bohara

नयाँ

Wednesday, May 26, 2021

मृत्युको सिजन ( कविता)







जन्मेपछी मर्नुपर्छ भन्ने सत्य कुरा,
जीवन यात्रा जन्मेपछिको भर हुँदैन भन्ने कुरा,
थाहा हुँदाहुँदै पनि एक मुठी सास रहुन्जेल
अनेक आसहरु संगालेर बाँचीरहने यो मानव चोला
त्रसित बनेको छ आफूलाइ कोरोना भनेर चिनाउने मृत्युको
एक भयाभह माध्यमबाट ।
हिजो भर्खरमात्रै जन्म दिनको तस्बिरमा आफूलाइ खुशी राखेको भाइ आज हार्दिक श्रदान्जलीको पात्र बनेको छ,
बिहान म ठिक छु तिमी आफ्नो ख्याल गर भनेको दाजुको मेसेज अब कहिल्यै नआउने भएको छ,
बिस दिन अस्पतालमा बुवा कुरेकी छोरी आँसु लिएर फर्केकी छ ।
एकछिन अगाडि मात्रै सिउँदो भरी सिन्दुर लगाएर ऐना हेर्दै गरेकी श्रीमतीको सिन्दुर पुछिएको छ।
यो मृत्युको सिजन हो।

बाध्य छन यी औँलाहरु
बिबस छन यी शब्दहरु
ए प्यारा मान्छेहरु तिम्रो तस्बिरमा श्रध्दाञ्जली लेख्न
सबैको मुटुमा बसेका तिमीलाइ बैकुण्ठ बास होस
जाउ जानेहरु
नरोउ बाँच्नेहरु
यो मृत्युको सिजन हो।
काख रित्तिएकी आमा बेहोस छिन,
टुहुरा बालक चिच्याइरहेछन,
सिउँदो पुछिएकी नारी पागल छिन,
बूढा आमाको परान घिक्क घिक्क छ,
सान्त्वना देउ साहस बढाउ
यो मृत्युको सिजन हो।
तिमी मलामी जान पाउँदैनौ,
आमाको घाँटीमा सुन पानी हाल्न पाउँदैनौ,
स्वर्ग नर्ग थाहा छैन,
छोरो दागबत्ती दिन नपाउने भयो।
लासलाइ झम्टेर रुदैँ धोको पूरा गर्न पाइएन।
ए मानव समाल आफूलाइ
छोड संस्कार धर्म चलनका कुरा,
गएकालाइ सम्झेर रुनेहरुलाइ साहस देउ
माया देउ टाढैबाट
नजिक आउन नपाए नि
मिठो बोल, अपहेलित नबनाउ
जहाँ छौ सुरक्षित रहौँ,
ए मानब
यो मृत्युको सिजन हो ।
यो मृत्युको सिजन हो।


लेखकः

कलावती उपाध्याय 

गाेदावरी नगरपालिका,कैलाली

No comments:

Post a Comment