सैनिक स्कुलको एघाराै वार्षिकोत्सव सम्पन्न - Harka Bohara

नयाँ

Friday, April 8, 2022

सैनिक स्कुलको एघाराै वार्षिकोत्सव सम्पन्न





सैनिक आवासीय महाविद्यालय तेघरी, कैलालीको एघाराैं वार्षिकोत्सव २०७८ भव्यताकासाथ सम्पन्न भएको छ । सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथी श्री आनन्दकुमार अधिकारी ज्यूको प्रमुख आतिथ्ययतामा सम्पन्न कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण गरिएको थियो । साे समारोहमा कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी, नं ५ बाहिनीका बाहिनीपति, नं २५ का बाहिनीपति, महासेनानीहरू, प्रमुख सेनानीहरू, विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधि, शैक्षिक संस्थाका प्राचार्य तथा प्रिन्सिपल, खेलकुद, सङ्घसंस्थाका प्रमुख, विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्व, अधिकृत वर्ग तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियाे ।
महाविद्यालयका सम्पर्क अधिकृत सेनानी श्री प्रभुराम महतले अतिथिहरूलाई स्वागत गर्दै स्वच्छ तथा शान्त वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । शैक्षिक सत्र २०७७ मा विभिन्न विधामा उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरूलाई प्रमुख अतिथिले पुरस्कृत, सम्मान र प्रशंसीत गर्नुभएको थियो साथै काेभिड-१९ काे सक्रमणबाट मृत्यु भएका अभिभावकका छाेरालाई छात्रवृतिस्वरुप रु १,२५, ३८०| सहयाेय गर्नु हुने सेती प्रादेशिक अस्पतालका डा. निराजनदत्त शर्मालाई सम्मान गरिएकाे थियाे ।
प्रमुख अतिथीय मन्तव्यका क्रममा महानिर्देशक उप रथी श्री अानन्दकुमार अधिकारी ज्यूले महाविद्यालयको चौतर्फी विकास गर्दै देशकै नमुना शैक्षिक केन्द्रका रूपमा विकसित गर्ने कार्यमा महाविद्यालय अविराम लागिरहने विश्वास व्यक्त गर्नुभयो । साथै प्राप्त सफलता र उपलब्धिहरूको प्रशंसा समेत गर्नुभएको थियो । 
महाविद्यालयका प्रिन्सिपल अशोकराज खातीले उपस्थित सम्पूर्ण अतिथिहरूलाई धन्यवाद तथा कृतज्ञता ज्ञापन व्यक्त गर्दै आगामी दिनमा महाविद्यालयले अझ बढी शैक्षिक सफलतामा प्राप्त गर्ने र शै.स. २०७९ बाट कक्षा ११ मा विज्ञान विषयकाे पठनपाठन हुने कुरामा जोड दिनुभयो । समाराेहमा महाविद्यालयले प्रत्येक वर्ष प्रकाशन गर्दै आइरहेको वार्षिक मुख पत्र ‘गोदावरी’ को एघाराैं अङ्कको विमोचन भएको थियो । 
कार्यक्रमको सञ्चालन शिक्षक केपी कलौनी र शान्ति उप्रेतीले गरेका थिए ।


No comments:

Post a Comment