बाबु आमा
बितेको केही वर्ष पछि जितु र सितु विवाह वन्धनमा बाँधिए । विवाह पश्चात उनीहरुको जीवनमा
नयाँ मोडको सुरुवात भयो । एक एकमा रहेनन् दुईमा परिणत भए । जितुलाई आफ्नो
श्रीमतीको लावण्य रुपमा घमण्ड थियो । सुन्दरता आफ्नो श्रीमतीका वाहेक देख्दैथ्यो ।
उनीहरुको कोखबाट हालसम्म कुनै सन्तानको जन्म भएको थिएन । यी दुवै बिचको प्रेम देखेर
सबै लोभ गर्थे । उनीहरुको प्रेममा विवेक झाँगिएको थियो । गाउँलेहरु उनीहरुलाई
विवेकशील बुझ्थे ।
विपन्नताका कारणले दुवै जनाले माथिल्लो
कक्षासम्मको अध्ययनमा पूरा गर्न पाएनन् । उनीहरुको औपचारिक शिक्षा अघि बढ्न सकेन गरिबीले
। विवाहपछि जितुको जीवनका वाधा व्यवधानका खाडलहरु कोरिदै आए । उसको काधमा
पारिवारिक जिम्मेवारी बढ्दै आयो । छोरीको जन्म भयो । उसलाई अव साँझ विहान हातमुख
जोर्न समेत धौ–धौ हुँदै गयो । ऊ निराश भयो । उसलाई परिवारिक जीवन चलाउन नोकरी
आवश्यक थियो । नेपालका विभिन्न ठाउँमा कामको खोजिमा भौतारिता पनि काम पाएन ।
जितुसँग
विदेसिनु वाहेकको विकल्प थिएन । विदेसिन वाध्य भयो । त्यो क्षण अत्यन्तै कारुणिक र
हृदयविदाक थियो । उसले आफ्नी मुटुकी टुक्रा श्रीमती र नाबालक छोरीलाई छाडी
निधारभरि रातो टीका, काधमा मैलो झोला बोक्दै
कामको खोजिमा बिदेशको नियात्रामा अगाडि बढ्यो । गाउँ घरका सबै साथीसंगीसँग विदाइका
हात हल्लाउदै नचाहदा नचाहदै अर्काको देशतिर लम्क्यो । यो उसको रहर नभएर बाध्यता
थियो । विवशता थियो, गास र कपास खोज्नु थियो । जीवनमा
सँगालेर राखेका सपना पूरा गर्नु थियो । त्यसकारण श्रीमतीको क्रन्दनलाई वेवास्ता
गरी खाडी मुलुक रोज्न पुग्यो । विदेशमा नेपालबाट निर्धारण गरेको काम नपाउँदा ऊ
विचल्लीमा पर्यो । उसले काम पाएन । उसलाई झन ठुलो बज्रपात पर्यो । अनि ऊ कहिले होटलका
भाडा माझ्न पुग्यो त कहिले कसैको घरको सानो तिनो काम गरेर जीवन गुजार्न थाल्यो
एवम् रितले आफ्नो पिडित जीवनका अफ्ठ्यारा पलहरुलाई चिर्दै, छिचोल्दै गन्तव्य विहिन यात्री भै अल्मलिरह्यो ।
वैगुनीलाई गुनले मार्नु पर्छ भने झैँ उसले बिदेशीहरुसित राम्रो व्यवहार गर्दै गयो
। संयोगबस उसले एउटा राम्रो कम्पनीमा काम पायो । ऊ अत्यन्तै खुसी भयो । उसमा
खुसीको सीमा नै रहेन । उसले मनमनै सोच्यो, अब ३/४ वर्ष काम गरे भने परिवारलाई गरिवीबाट मुक्त पार्न सक्छु । श्रीमतीको
शरीरका एक जोर लुगा फेर्न सक्छु । छोरीलाई साउँ अक्षर चिनाउन सक्छु । यस्तै यस्तै सुन्दर
कल्पनामा कल्पिरहयो.................. । उसले क्षणभर मनोरञ्जनमा निबिताई ईमान्दारिताका साथ कामको पछि दौडी रह्यो ।
केही वर्षदेखि जितुको मुहारमा खुसीका
रेखाहरु चम्किन लागेका छन् । ऊ आफ्नो गरिबीसँग पौडिबाजी खेल्दै त्यसलाई
छिचोलिरहेको छ । घरमा श्रीमती खुसी हुन्छे । उनीहरु आफ्नो जीवन नयाँ गतिमा मोड्न
लागिरहेका छन् । गाउँ घरमा जितुको प्रगति देखेर खाने खुशी गरिरन्छन् गाउलेहरु ।
एउटा गरिवीको भुमरीमा परेको परिवार आज एक्कासी माथि उठेको देख्दा सबैका आँखा जल्नु
समाजको रित थियो । ऊ खुसीका साथ कर्म गरिरहेको छ, पसिना बगाईरहेको छ । अनेक कल्पनाका जाल बुन्दै प्रगतिका सुसेली सुसेल्दै
घरको सम्झनाले सताउँदा कैयन रात ऊ सुत्न सक्दैन । श्रीमती छोरीलाई दुःखी मनले होइन,
सुखी मनले भर्ने इच्छा उसमा जागृत हुन्छ । मनमनै ऊ गदगद छ, प्रशन्न छ । उसका आँखाबाट हर्षका आँशु खस्न थाल्दछन् ।
समय बित्दै गयो । उसलाई घरको सम्झनाले असाध्यै पिरोल्छ । घर नगई
मन थाम्नै नसक्ने हुन्छ । उसको मनमा परिवर्तन आउँछ । ऊ विचार
गर्छ । मैले एक पटक घर पुग्नै पर्छ । कम्पनीको मालिकसँग घरबाट फर्केर आउने वाचाका
साथ (छुट्टी) विदा माग्छ । उसको इमान्दारिताको मूल्याङ्कन गर्दै उसलाई बक्सिस
दिइन्छ । खुसी तन मनकासाथ श्रीमती, छोरी
र गाँउका हित्त चित्तका साथीहरुसँग चाँडै भेट हुने विचार गर्दे उनीहरुका लागि
सामान र उपहार सजाउँछ । घर जाने अघिल्लो रात उसलाई निन्द्रा लाग्दैन । रातभरिको
कल्पना पश्चात् विहान उज्यालो भएको पत्तै हुदैन
।
ऊ हतार उठ्छ, सर–सामानको
पोको पारी बिदा हुन्छ । हवाई जहाजमा सामान राख्छ, बस्छ अब चाँडै
घर पुग्ने सपना उसँग छ । उसको मन कौतुहलताले भरिएको छ । हवाई जहाज उडेको केही
वेरमै दुर्घटना भई सवै यात्रुहरु समाप्त हुन्छन् । जितु पनि त्यही घटनाका परेको
थियो । उसको संसार समाप्त भयो । उसका सपनाहरु काँचको चुरा झैं टुक्रा टुक्रा हुन्छन्
। यता उसकी श्रीमती प्रतिक्षा थिईन । अव उसको परिवार विचल्लीमा पर्यो । अकस्मात्
जितुको डढेको लाश हेलिकोप्टर मार्फत घर पुर्याइयो । छानाबाट खसे झैं भइन सितु............ । ऊ यति रोइकराइ त्यसको सीमा नै रहेन । उसलाई सान्त्वना दिन गाउँ घरका
मनिसहरु आए । नेपाली संस्कृतिक चालचलन अनुसार सितुका गरगहना र रातो बस्त्र हटाइन्छ,
हातका चुरा फुटाइन्छन्, सिउँदोको सिन्दुर
पखालिन्छ, सितु बेहोस हुन्छे । छोरी असाध्यै रोईरहन्छ । आखिर
त्यै एउटी छोरीका लागि बाच्नै पर्छ सितुले । उसको जिउ
सेताम्य लुगाले ढाकिन्छ । विचरी अभागी सितुको सिउँदो फेरि रंगिने छैन । उसका सपना
सपनामै सीमित रहे । आफ्नो अभागी सिउँदो स्वीकार्दै जीवन गुजार्न बाध्य हुनु पर्यो
विचरी सितुलाई........................।।
No comments:
Post a Comment