मनभित्र पीडा छ, देखाउने ठाउँ छैन ।
हाँसिरहेकै छु तर भित्र उज्यालो छैन ।
थाकेर ढल्न खोज्दा पनि सम्हालिएको छु,
जीवनसँग हार मानेर टाढा भागेको छैन ।
कसैका तिखा कुरा सुनेर पनि सहिरहेँ,
आफ्नो स्वाभिमान कहिल्यै झुकाएको छैन ।
चोटैचोट बोकेर पनि बाटो हिँडिरहेँ म,
आँसु देखाएर कहिल्यै गुनासो गरेको छैन ।
टुटेका सपनाहरू फेरि जोडिरहेँ मैले,
आफ्नो विश्वास कहिल्यै गुमाएको छैन ।
आँधी–बेहरी आए पनि अडिग उभिएको छु,
म आफ्नै संघर्षसँग कहिल्यै झुकेको छैन ।
२०८३ चैत २६ गते आइतबार, ( आफ्नै आवासमा बिदाको दिन )

No comments:
Post a Comment