गजल - Harka Bohara

नयाँ

Tuesday, October 27, 2026

गजल

 



उसले सोध्यो, कस्तो चलिरहेको छ जिन्दगी?

मैले हाँसेर भनिदिएँ,छलिरहेको छ जिन्दगी।

न खुसीको कुनै खबर, न दुःखको हिसाब छ,
सुखदुःखका घुट्कासँगै ढलिरहेको छ जिन्दगी।

रहरहरू थन्किएका छन् मनको कुनै कुनामा,
जिम्मेवारीको भारी बोकेर गलिरहेको छ जिन्दगी।

न कसैसँग गुनासो छ न कुनै ठुलो अपेक्षा,
समयका हरेक मोडसँगै बदलिरहेको छ जिन्दगी।

कहिले मनले हार्छ कहिले हिम्मत जाग्छ,
आफैँलाई सम्झाउँदै फेरि सम्हालिरहेको छ जिन्दगी।

उसले फेरि सोध्यो खुसी छौ तिमी साँच्चै ?
मैले भनेँ पीडा लुकाउँदै हाँसिरहेको छ जिन्दगी।

न गन्तव्यको हतार छ, न यात्राको घमण्ड,
भाग्यले जता डोर्‍याउँछ उतै चालिरहेको छ जिन्दगी।

मिति २०८३ कार्तिक १० गते
स्थान : गुरुग्राम, ( मेदान्त हस्पिटल ) भारत
















No comments:

Post a Comment