![]() |
| तस्बिर: रत्नपार्क, काठमाडौँ |
हारसँग नडराई चुनौतीलाई जित्दै गएको छु।
जीवन र सङ्घर्षको पाठ सिक्दै गएको छु।
अनुशासन हाम्रो जीवन हो, कर्तव्य हाम्रो धर्म,
नैतिकता र मानव मूल्यमा भिज्दै गएको छु।
आमा, बुबा, गुरु हाम्रा ईश्वरजस्तै हुन् भन्ने,
त्याग, माया र आदर्श बुझ्दै गएको छु।
बिहानदेखि अबेर रातको मेहनतसम्म,
आलस्य, डर अनि दुर्बलता मिच्दै गएको छु।
अग्रज हुन मार्गदर्शक, परिवार हो शक्ति,
तीनैको आशीर्वादले उचाइ चढ्दै गएको छु।
यो माटो साक्षी राखी, पसिनाका कथासँगै,
मेहनत र मर्यादामा भविष्य रच्दै गएको छु।
आज पनि हजुरहरूकै अगाडि संकल्प गर्छु।
आमा, बुबा, गुरु हाम्रा ईश्वरजस्तै हुन् भन्ने,
त्याग, माया र आदर्श बुझ्दै गएको छु।
बिहानदेखि अबेर रातको मेहनतसम्म,
आलस्य, डर अनि दुर्बलता मिच्दै गएको छु।
अग्रज हुन मार्गदर्शक, परिवार हो शक्ति,
तीनैको आशीर्वादले उचाइ चढ्दै गएको छु।
यो माटो साक्षी राखी, पसिनाका कथासँगै,
मेहनत र मर्यादामा भविष्य रच्दै गएको छु।
आज पनि हजुरहरूकै अगाडि संकल्प गर्छु।
असल सपना जीवनका लागि साँच्दै गएको छु।
हारसँग नडराई चुनौतीलाई जित्दै गएको छु ।
जीवन र सङ्घर्षको पाठ सिक्दै गएको छु।
२०८२ पौष २२ गते ( अत्तरिया, कैलाली)
हारसँग नडराई चुनौतीलाई जित्दै गएको छु ।
जीवन र सङ्घर्षको पाठ सिक्दै गएको छु।
२०८२ पौष २२ गते ( अत्तरिया, कैलाली)

No comments:
Post a Comment