गजल - Harka Bohara

नयाँ

Thursday, January 22, 2026

गजल


तस्बिर: काठमाडौँ मल परिसर

आफैँसँग लडेर सिकेँ, जित्ने व्यवहार जिन्दगीसँग ।

हारमै जिते आफूलाई, भयो स्वीकार जिन्दगीसँग ।


दुःखले बारम्बार ठोक्यो, म ढलिनँ कहिल्यै,

आँसु पुछ्दै हाँस्न सिकेँ, यही प्यार जिन्दगीसँग।


सबै प्रश्नको उत्तर समयले दिँदैन सधैँ,

प्रतीक्षा पनि पाठ रहेछ, गहिरो विचार जिन्दगीसँग।


संसारले नबुझे पनि मैले आफूलाई बुझेँ,

आफ्नै पीडा नै भयो, ठुलो उपहार जिन्दगीसँग।


आँखा झुकाएर हिँड्नु कमजोरी होइन,

नजरमै इमान छ भने, हुन्छ दरबार जिन्दगीसँग।


आफैँसँग लडेर सिकेँ जित्ने व्यवहार जिन्दगीसँग ।

हारमै भेटेँ आफूलाई, भयो स्वीकार जिन्दगीसँग ।


२०८२ माघ ८ गते बिहीबार, कीर्तिपुर, भाजङ्गल



No comments:

Post a Comment