अरूको जीवन सजाउँदा आफ्नै सपना जलाएँ मैले ।
सबैलाई खुसी राख्ने धुनमा आफूलाई भुलाएँ मैले ।
आफ्नै मनको पीडा लुकाई हाँसो बाँड्दै हिँडिरहेँ,
अरूका आँसु पुछ्दापुछ्दै आफ्नै आँसु लुकाएँ मैले।
जसलाई आफ्नो ठानेर सबै रहस्य सुम्पिएँ,
उसैको विश्वासमाथि आफ्नै हातले चोट खाएँ मैले ।
जित्न खोज्दा संसारलाई आफैँसँग हार्न पुगेँ,
आफ्नै खुसीको बाटो छोडी कस्तो यात्रा बनाएँ मैले।
ऐनामा हेर्दा आज आफ्नै अनुहार अपरिचित लाग्छ,
अरूलाई चिन्ने सुरमा आफैँलाई नै गुमाएँ मैले।
मिति: २०८३ असोज १६ गते, सोमबार
स्थान : धनगढी -५,कैलाली ( आफ्नै निवास )

No comments:
Post a Comment