गजल - Harka Bohara

नयाँ

Friday, February 5, 2021

गजल


प्यासी मनलाई शीतलले तान्न थालिसकेछ ।
मन्द मन्द मधुपवन हान्न थालिसकेछ । 
 
 कुसुमपथमा वासन्ती पथिक हिँडिरहेछ,
 चखेवीलाई चखेवाले छान्न थालिसकेछ ।
 
 गुलाबहरु बाटिकामा ढकमक्क फुलिरहेछन्,
 परदेशी र गुर्सेनीले काेशेली बान्न थालिसकेछ ।
 
 प्रकृतिले बिछट्ट सुन्दर रुप बरण गरिरहेछ,
 कुहुकुहु गर्न काेयलीले जान्न थालिसकेछ । 
 
 गम्भीर अनि एक तमासकाे प्रेमिल मन भैरहेछ,
 त्याे आत्मालाई याे आत्माले मान्न थालिसकेछ,
 
 गाेठाला गुनगुनाइरहेछन्, माैरी भुनभुनाइरहेछन, 
ऋतुराजकाे आगमनले मन तान्न थालिसकेछ ।

1 comment:

  1. एकदमै आभर प्रकट गर्दछु यो उत्कृष्ट सिर्जना को लागि उज्ज्वल भबिस्यको कामना सर ❤️🇳🇵

    ReplyDelete