प्रबिधिमैत्री शिक्षक समाज, नेपालको केन्द्रीय बैठक सम्पन्न - Harka Bohara

नयाँ

Sunday, October 23, 2022

प्रबिधिमैत्री शिक्षक समाज, नेपालको केन्द्रीय बैठक सम्पन्न



प्रबिधिमैत्री शिक्षक समाज, नेपालको केन्द्रीय बैठक चितवनको साैराहामा सम्पन्न भएको छ । संस्थाका केन्द्रीय अध्यक्ष भुपति बस्यालकाे अध्यक्षतामा सम्पन्न भएको बैठकमा संस्थाको प्रशासनिक प्रगति प्रतिवेदन महासचिव देवीप्रसाद शर्मा र आर्थिक प्रतिवेदन छविलाल धमलाले प्रस्तुत गरेका थिए ।
बैठकमा संस्थाका केन्द्रीय अध्यक्ष, १ नं प्रदेश अध्यक्ष बालकुमार रेग्मी ,मधेस प्रदेश सचिव राम यादव, वागमती प्रदेश अध्यक्ष जीवन तिमल्सिना ,गण्डकी प्रदेश अध्यक्ष श्रीकान्त पाैडेल,सुदूरपश्चिम अध्यक्ष गंगाराम ओझा लगायतले मन्तव्य राखेका थिए । बैठकले ,जिल्ला अधिवेशन ,प्रदेश अधिवेशन ,केन्द्रीय अधिवेशन सम्पन्न गर्ने ,अनलाइन तथा अफलाईन तालिमहरू संचालन गर्ने ,सदस्यता वितरण गर्ने ,अन्यसंघसंस्था बिच समन्वय गर्ने, बिधान संसोधन गर्ने, लगायतका निर्णय गरिएको छ। विभिन्न समयमा शिक्षकहरूलाई अनलाइन तथा अफलाइन तालिम तथा प्रबिधिमैत्री कार्यक्रम गर्दै आएकाे संस्थाकाे यो बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। बैठक पूर्वसन्ध्यामा प्रबिधिमैत्री शिक्षक समाज, चितवन, जिल्ला समन्वय समितिले परिचयात्मक कार्यक्रम समेत गरेको थियो ।
संस्थाको केन्द्रीय कमिटी ,प्रदेशका अध्यक्ष ,सचिव र प्राबिधिक समितिका संयाेजकहरुको उपस्थिति रहेको थियो । उपाध्यक्ष चन्द्रकला दवाडीले स्वागत मन्तव्य राखेका थिए भने बैठकको सहजिकरण महासचिव देवीप्रसाद शर्माले गरेका थिए ।

No comments:

Post a Comment