गोदावरीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, उपाधि विजेता बन्यो, सैनिक आवासीय - Harka Bohara

नयाँ

Sunday, February 12, 2023

गोदावरीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, उपाधि विजेता बन्यो, सैनिक आवासीय

 



धनगढी : कैलालीको गोदावरी नगरपालिकामा सम्पन्न १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सैनिक आवासीय  महाविद्यालय, तेघरीले जितेको छ । माघ २५ गते देखि सुरु भएको नगरस्तरिय प्रतियोगितामा सैनिक आवासीयले ११ स्वर्ण ६ रजत र ३ कास्य पदक सहित उपाधी जितेको हो ।

प्रतियोगितामा ९ स्वर्ण ३ रजत र ३ कास्य सहित सरस्वती मावि गेटाले दोस्रो स्थान हासिल गरेको छ । त्यस्तै ६ स्वर्ण, १ रजत र २ कास्य सहित समैजी मावि तेस्रो भएको छ ।

सामुदायिक र सस्थागत गरी ३३ विद्यालय सहभागि प्रतियोगितामा ४७ स्वर्ण, ४७ रजत र ५९ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा १२ विद्यालयले मात्रै स्वर्ण पदक जित्न सफल भएका छन् ।

जसमा सरस्वती मावि ओलानीले ५ स्वर्ण संगै २ रजत, शैलेश्वरी मावि बडेहाँले ४ स्वर्ण संगै ७ रजत र ३ कास्य, दुर्गालक्ष्मी माविले ३ स्वर्ण संगै ११ रजत र १५ कास्य, दुर्गा भवानी माविले २ स्वर्ण संगै ३ रजत, ग्वाँसी माविले २ स्वर्ण संगै १ रजत र १ कास्य, सिद्धबाबा मावि गेटीले २ स्वर्ण संगै ४ कास्य, सरस्वती मावि शेहरीले १ स्वर्ण संगै २ रजत र ६ कास्य, सत्यवती एकेडमीले १ स्वर्ण संगै १ रजत र २ कास्य, जेके माविले १ स्वर्णसंगै १ रजत पदक हात पारेका छन् ।

प्रतियोगितामा जनप्रभात मावि, घण्टेश्वर मावि, ब्राइटस्टार पब्लिक मावि, गुहेश्वरी मावि, खप्तड विद्यानिकेतन र भागेश्वरी आवि पदक विहिन बनेका छन् ।

दुर्गा मावि हाटखोली २ रजत र २ कास्य, एभरेष्ट एकेडमी १ रजत ३ कास्य, पुष्पाञ्जली मावि १ रजत र २ कास्य, ज्ञानज्याती बोर्डीङ, मोहना मन्टेश्वरी, सुदूरपश्चिम माविले १/१ रजत र १/१ कास्य पदक जितेका छन । त्यस्तै लोटस आई र जनकल्याण माविले १/१ रजत पदक मात्रै जित्न सकेका छन् ।

राष्टिय मावि बास्कोटा, मालाखेती भिजन र नवज्याती माविले २/२ कास्य पदक जितेका छन भने राष्ट्रिय मावि बल्मी, होलिल्याण्ड एकेडमी, गुरास एकेडमी र शारदा मावि श्रीपुरले १/१ कास्य पदकमा चित्त बुझाउनु परेको छ ।

विजेता टिमलाई शनिबार एक कार्यक्रमका बीच पदक वितरण गरिएको छ । गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टको प्रमुख आतिथ्यमा सम्पन्न पदक वितरण कार्यक्रममा उपप्रमुख सारदा रोकाया, दुर्गालक्ष्मी बहुमुखि क्याम्पसका प्रमुख डा.डम्मर पाल, बिभिन्न वडाका वडाअध्यक्ष लगायत शिक्षक विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स र फुटबल खेल खेलाइएका थिए । प्रतियोगिता कैलालीको गोदावरी नगरपालिका – ६ वडेहाँमा रहेको शैलेश्वरी माविमा संचालन गरिएको थियो ।


(स्राेत https://sodhpatra.com/2023/02/23862/?fbclid=IwAR1qytf4-9jmVE5qluQCSsQQmeSlcyk7k2pjSrCMsCvIA-gHnhTJlhBmqrQ)

No comments:

Post a Comment