सैनिक महाविद्यालयको बाह्रौ वार्षिकोत्सव सम्पन्न - Harka Bohara

नयाँ

Saturday, March 25, 2023

सैनिक महाविद्यालयको बाह्रौ वार्षिकोत्सव सम्पन्न

 सैनिक आवासीय महाविद्यालयम, तेघरी, कैलालीले आफ्नो बाह्रौ वार्षिकोत्सब भब्य रुपमा सम्पन्न गरेको छ । श्री सुदूरपश्चिम पृतनाका पृतनापति तथा महाविद्यालय सञ्चालक समितिका अध्यक्ष उपरथी श्री विजय थापाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सन्चालन सुधारात्मक शिक्षण बिभाग प्रमुख जी टी खगेन्द्र प्रसाद कलौनी र विद्यार्थीद्वय सुबिन कुँवर , कक्षा १२ ब्यबस्थापन समूहका र कक्षा ११ विज्ञान समूहमा अधयनयनरत छात्रा लक्ष्मी जैसीले गर्नुभएको थियो।

सुदूर पश्चिम पृतनाका चिफ अफ स्टाफ सहायक रथी श्री टङ्क प्रसाद भट्टज्यू लगायत नेपाली सेनाका बिभिन्न युनिटका युनिटपतिज्यूहरू, सैनिक अधिकृतज्यूहरु तथा महाविद्यालयमा कार्यरत शिक्षक/कर्मचारी, सैनिक सकलदर्जा र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरु, पुरस्कार वितरण तथा प्रमुख अतिथिज्यू बाट महाविद्यालयको बार्षिक मुखपत्र 'गोदावरी' अङ्क -११ को विमोचन समेत गरिएको थियो।
प्रमुख अतिथिज्यूबाट शैक्षिक सत्र २०७९ मा विशेष योगदान तथा उत्कृष्ठ कार्य सम्पादनको आधारमा छनौट हुन सफल भएका दुई जना शिक्षक, दुई जना कर्मचारी र सैनिक सकलदर्जाबाट एक जनालाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । प्रमुख अतिथिज्यूबाट महाविद्यालयले विविध पक्षमा गरेको प्रगति, विद्यार्थीहरूको उत्कृष्ट प्रस्तुतिहरू र समग्र महाविद्यालय परिवारको लगनशीलता र मिहिनेत प्रशंसनीय रहेको धारणा राख्दै महाविद्यालयको थप प्रगतिको शुभेच्छा समेत ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा महाविद्यालयका प्रिन्सिपल श्री सिध्देश्वर पन्त (प्रकाश) ज्यूबाट प्रमुख अतिथिज्यू लगायत उपस्थित सम्पूर्णलाई महाविद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्नु भएको थियो ।









No comments:

Post a Comment